शोधानान्तर १८ अर्ब रुपैयाँले घाटामा, बिदेशी सन्चिती घट्यो



काठमाडौं । देशबाट भित्रने रकमको तुलनामा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटा १८ अर्ब रुपैयाँमा पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार बैशाख महिनासम्ममा शोधानान्तर घाटा १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष शोधानान्तर ५३ करोड रुपैयाँले बचतमा थियो ।

चालु खाता १ खर्ब ९१ अर्ब रुपैयाँले घाटामा गएको छ ।

२०७४ असार मसान्त १ खर्ब ७९ अर्ब रहेको कुल विदेशी विनिमय सञ्चिति २०७५ बैशाख मसान्तमा ०.६ प्रतिशतले ह्रास भएर १ खर्ब ६ अर्बमा झरेको छ ।

जसमा नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको ९ खर्ब २७ अर्ब तुलनामा २०७५ बैशाख मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई रु. ९ खर्ब ६६ अर्ब ९१ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा १ खर्ब ५२ अर्ब १७ करोड रहेकोमा २०७५ बैशाख मसान्तमा ३०.४ प्रतिशतले कमी आई  १ खर्ब ५ अर्ब ९४ करोड रहेको छ । २०७५ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७४/ ७५ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक बर्ष २०७४/७५ को दश महिनासम्ममा कुल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई रु. ६६ अर्ब ६५ करोड पुगेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात २१.९ प्रतिशतले बढेर ९ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ ।

बैशाख महिनासम्म देशमा ६ खर्ब ६ अर्ब रुपैयाँको रेमिटेन्स भित्रिएको छ ।


क्लिकमान्डु