गरिमा विकास बैंकले थप्यो १ नम्बर प्रदेशमा थप ८ शाखा




काठमाडौं । गरिमा विकास बैंकले १ नम्बर प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । बैंकले २ दिनमा नै थप ८ शाखा स्थापना गरेको छ ।

बैंकले गत विहिबार झापाको विर्तामोड, बुधबारे, बनियानी तथा मोरङ्गको विराटचोकमा शाखा कार्यालय संचालनमा ल्याएको थियो । यस्तै गत शुक्रबार बैंकले सोही प्रदेशमा थप ४ शाखा संचालनमा ल्याएको छ ।

गरिमाले गत शुक्रबार सुनसरीको ईटहरी र धरान तथा मोरङ्गको विराटनगर र टंकीसिनवारी शाखाको उद्घाटन गरेको हो । ईटहरी शाखाको उद्घाटन ईटहरी उप–महानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, धरान शाखा धरान उप–महानगरपालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदी, बिराटनगर शाखा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र टंकीसिनवारी शाखा बुढीगंगा गाउपालिकाका अध्यक्ष बालचन्द माझीले गरेका हुन् ।

बैंकले प्रदेश नं. १ अन्र्तगतका ८ वटा शाखा कार्यालय उद्घाटनको पूर्वसन्ध्यामा जेठ २३ गते ९ प्रतिशत व्याजदर र विभिन्न सुविधासहित गरिमा दम्पति बचत खाता र गरिमा कर्मचारी बचत खाता सञ्चालनमा ल्याएको थियो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकका राजधानीमा ५ वटा शाखा कार्यालय सहित देशभर ५७ शाखा कार्यालय संचालनमा रहेका छन । विकास बैंकले छिट्टै नै काठमाण्डौंको नयाँबानेश्वर, ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, रुपन्देहीको योगीकुटी, दाङ्गको घोराही, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी र झापाको दमकमा समेत शाखाकार्यालय खोल्ने तयारी भएको जानकारी दिएको छ ।


क्लिकमान्डु