सेयर बजार अप्रत्यासित कारोबार रोक्न नियामकले काम गर्नुपर्छ : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारमा अप्रत्यासित कारोबार नहोस् भन्नका लागि नियामकले काम गर्नुपर्ने बताएका छन् ।

धितोपत्र बोर्डको २६ औ वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजारलाई आधुनिकरण गर्नको लागि प्रणालीलाई छिटो अगाडि बढाउनुपर्ने र सिडिएसको काम कारवाहीलार्यलाई पनि समय अनुसार परिवर्तन गर्नुपर्ने बताए ।
उनले नेपालका सरकारका ऋणपत्रपनि दोस्रो पत्रमा कारोबार गर्ने सोच रहेको उल्लेख गरे ।

बैंकले अल्प अवधीको निक्षेप लिएर दीर्घकालिन ऋण दिन नहुँने भन्दै खतिवडाले बैंक वित्तीय संस्थाले दीर्घकालिन ऋणपत्र जारी गरेर दीर्घकालिन प्रकृति ऋण दिन सुझाव दिए ।

बैैंक र ऋणीबीच तातो आलु जस्तो यताबाट उता फाल्ने प्रवृति बन्द गर्न ब्याजदर जोखिमका लागि काम गर्नुपर्ने बताए ।
सेयर बजारमा पुँजी बढाउनमा प्राथमिक बजारमा सेयर बिक्री भएन भने त्यो सुखत नहुँने भनाई अर्थमन्त्री छ । उनले दोस्रो बजार कमजोर भयो भने प्राथमिक बजार नचल्ने बताए ।


क्लिकमान्डु