अब दुई महिनामै स्मार्ट लाइसेन्स



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले लामो समयदेखि सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) पाउन नसकेको सेवा ग्राहीलाई दुई महिनाभित्र कार्ड उपलब्ध गराउन निर्देशन दिएका छन् ।

मन्त्रीको निर्देशनसँग यातायात व्यवस्था विभागले अब ट्रायल परिक्षा पास गरेको २ महिनाभित्र स्मार्ट लाइसन्स दिने व्यवस्था मिलाइएको भन्दै सार्वजानिक सूचना नै जारी गरेको छ ।

मन्त्री महासेठले यातायात व्यवस्था विभागलाई लाइसेन्स लिनका लागि सबै प्रक्रिया पुरा गरी राजस्व समेत तिरेको सबै सेवाग्राहीलाई सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट कार्ड वितरण गर्ने निर्देशन दिएका हुन् ।

अहिले स्मार्ट कार्ड लिनका लागि सबै प्रक्रिया पुरा गरेको करिब २ लाख ५० हजार सेवाग्राही पाइपलाइनमा छन् ।

विभागले कार्ड भएपनि पिन्टर अभावमा स्मार्ट कार्ड समयमै वितरण गर्न सकेको थिएन । विभागलाई केही दिन अगाडि मात्रै भारतीय मद्रास सक्युरेटी कम्पनीले चार थान प्रिन्टर दिएको थियो ।

नयाँ प्रिन्टरसहति विभागसँग ८ वटा प्रिन्टर भएको छ । सबै प्रिन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गरेर दुई महिना भित्र पाइपलाइनमा रहेको सेवाग्राहीलाई कार्ड बाड्न र अब उप्रान्त समयमै कार्ड उपलब्ध गराउन मन्त्री महासेठले निर्देशन दिएका छन् ।


पुष्प दुलाल