सेयर बजार कारोबार खुल्यो, परिसूचक उकालो



काठमाडौं । हकप्रद र बोनस सेयरमा लाभकर लाग्ने निर्णयबाट सरकार पछाडि हटेपछि सेयर बजार कारोबार सूचारु भएको छ ।
अहिलेसम्म नेप्से परिसूचक ६.१४ अंकले उकालो लागेको छ । ३१ लाख रुपैयाँको कारोबार भएको छ । अहिलेसम्म कारोबार भएका सबै कम्पनीको सेयर मुल्य उकालो लागेको छ ।

हकप्रद र बोनस सेयरमा कर लाग्ने व्यवस्था पछि आइतबार र सोमबार परिसूचक करिब ४० अंकले घटेको थियो भने मंगलबार सेयर कारोबार भएन ।

बुधवार अर्थमन्त्रालयमा सहमति भएपछि कारोबार सूचारु भएको छ ।


क्लिकमान्डु