जनता बैंकले खोल्यो रोल्पाको थवाङमा शाखा



काठमाडौं । जनता बैंकले रोल्पाको थवाङमा शाखा खोलेको छ ।

बैंकले थवाङ गाउँपालिका वडा नं. २ स्थित थवाङ शाखाबाट कारोवार सुरु गरिएको हो ।

रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने सोही जिल्लामा अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका छन् ।

थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।

रोल्पा जिल्लाको यस विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जिवन स्तरमा केही भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।

यस सँगै जनता बैंकको देश भरीमा शाखा सञ्जाल ११७ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ्ग, २सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु