धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीमाथि हातपातको प्रयास
काठमाडौं । सरकारले बोनस र हकप्रद सेयरमा गरेको कर सम्बन्धी नयाँ ब्यवस्थाको विरोधमा उत्रिएका सेयर लगानीकर्ताको आन्दोलन अराजक बनेको छ ।
आन्दोलनरत पक्षमा सहभागी भएका भनिएका केही ब्यक्तिहरुले धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीमाथि हातपातको प्रयास गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएर विरोध जनाउन धितोपत्र बोर्ड पुगेको लगानीकर्ताको समहुमा रहेका केही ब्यक्तिहरु गिरीमाथि जाइ लागेका थिए ।
सरकारले ल्याएको कर सम्बन्धी नयाँ ब्यवस्थामा गिरीको हात रहेको भन्ने अफवाह फैलाएर गिरीमाथि हातपातको प्रयास भएको हो । आन्तरिक राजस्व विभागले गरेको कर सम्बन्धि ब्यवस्था धितोपत्र बोर्डले वा त्यसका कुनै पदाधिकारीले परिर्तन गर्न सक्दैनन् । यही कुरा नबुझ्ने केही अराजक ब्यक्तिहरुले गिरीमाथि हातपातको प्रयास गरेको बताइएको छ ।