करको विरोध गर्दै सेयर लगानीकर्ता आन्दोलित



काठमाडौं । आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरमा समेत कर लगाउने परिपत्र जारी गरेपछि लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज घेरेका छन् ।

विभिन्न लगानीकर्ता संघमा आवद्द तथा स्वतन्त्र लगानीकर्ताहरुले विभागले लाभ नभएपनि कर लगाउने व्यवस्था गरेको सो व्यवस्था खारेज गर्न माग राख्दै सेयर कारोबार हुने नेप्सेमा गएर विरोध जनाएका हुन् ।

विरोध प्रदर्शनमा सेयर बजारका लगानीकर्ताले राजस्व विभागको निर्णय खारेज हुनुपर्ने लगायतका माग राखेका थिए ।

लगानीकर्ताले आज कारोबार नगर्ने घोषणा अनुसार कारोबार रकम अन्यन्त न्यून भएको छ ।


क्लिकमान्डु