बजार खुलेको १ घण्टा पनि नवित्दै २६ अंकले घट्यो नेप्से




काठमाडौं । केपी ओली नेतृत्वमा सरकार बनेदेखि ओरालो लागेको नेप्से परिसुचक आगामी आर्थिक बर्षको लागि बजेट आएदेखि झन घट्दो क्रममा छ । आइतबार सेयर बजार खुलेको एक घण्टा पनि नवित्दै नेप्से परिसुचक २६.४४ अंकले घटेको छ ।

सो समयसम्ममा ७ करोड ६० लाख रुपैयाँमा १ लाख ७४ हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।

सो समयसम्ममा बैंकिङ समुह २१.५५ अंकले, होटल समुह २.२५ अंकले, विकास बैंक समुह ९ अंकले, जलविद्युत समुह २१ अंकले, फाइनान्स कम्पनी समुह २.४३ अंकले, बीमा समुह १६४ अंकले, उत्पादन समुह १४.६७ अंकले, अन्य समुह २७.४१ अंकले र माइक्रो फाइनान्स समुह ३७.६८ अंकले घटेका छन् ।


क्लिकमान्डु