सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस



काठमाडौं ।सवारी प्रयोग गर्ने इच्छा भएका तर, आम्दानी कम भएका लागि सेकेन्ड ह्यान्ड बाइक उचित हुन सक्छ । कम आम्दानीमा खरिद गर्न सकिने र आफुलाई मन परेको मोडेलको बाइक खरिद गर्नेहरुले पनि सेकेन्ड ह्यान्ड मोटरसाइक किन्दै आएक छन् । सेकेन्ड ह्यान्ड मोटरसाइकल खरिद गर्दा समयमै ध्यान पु¥याउन नसक्दा भने लगानि खेर जानपनि सक्छ ।

अत्यावश्यक छ भन्दैमा हतारमा सेकेन्ड ह्यान्ड बाइक खरिद गर्नुभन्दा पहिलो आवश्यक कुराहरु राम्रोसँग बुझनुपर्छ । सुरुसुरुमा चलाउनेमा पनि नयाँभन्दा सेकेण्ड ह्याण्ड मोटरसाइकल नै सिकेर, राम्ररी जानेर मात्र नयाँ किन्ने सोचका कारण पनि सेकेन्ड ह्यान्ड बाइक किन्नेका संख्या बढ्दो छ ।

१.मूल्यः
सबैभन्दा पहिलो सेकेन्ड ह्यान्ड बाइक खरिद गर्दे हुनुहुन्छ भने आफुले खोजे अनुसारको मुल्यको हो वा होइन एकिन गर्नुपर्छ । बाइक मन परेपनि रकम नमिल्न सक्छ ।

२ इन्जिनः
मोटरसाइकल खरिदमा सबैभन्दा बढी ध्यान इन्जिनमा दिनुपर्छ । इन्जिनको अवस्था बुझन आफुले चिनेको र विश्वासिलो वर्कसपसँग सम्पर्क राख्नुपर्छ । बाइकको आवाज र इन्जिनले निकाल्ने धुँवाको निरीक्षण गर्नुपर्छ ।

३.ह्याण्डलः
कुनै किसिमको दुर्घटनामा परेको मोटरसाइकलको ह्याण्डल सिधा हुँदैन र यसको कोण बांगो हुन्छ। त्यसैले दुर्घटनामा परेको मोटरसाइकलबाट बच्न यसको ह्याण्डल राम्ररी नियाल्नुका साथै चलाउँदा बाङ्गो भएजस्तो हुन्छ कि हुन्न भन्ने जाँच गर्नुपर्छ।

४. गियरबक्सः
मोटरसाइकलको गियरबक्सको अवस्था बुझ्न सबैभन्दा पहिले कम्तीमा पनि १ किलोमिटर जति कुदाइ हेर्नुपर्छ । मोटरसाइकल रोकेर डबल स्ट्याण्ड लगाउने र गियरबक्सको राम्ररी निरीक्षण गर्नुपर्नेहुन्छ ।

५.चक्काः
मोटरसाइकलको चक्काको अवस्था बुझ्न यसलाई डबल स्ट्याण्ड लगाएर समतल स्थानमा राखेर टायर एउटै लाइनमा छ, छैन हेर्नुपर्छ । दुवै टायर एकै लाइनमा छैनन् भने बायकम खरिद गर्नहुन्न ।

६.क्लचः
क्लचको स्पेस १० देखि ३० मिमि मात्र हुनुपर्छ। यो भन्दा बढी भएमा इन्जिनलाई लोड पर्ने हुँदा यसमा ध्यान दिनुपर्छ। किन्नु अघि विक्रेतालाई भनेर क्लच फेर्न लगाउन सकिन्छ।

७. कागजातः
कुनैपनि साधन किन्दा त्यसका आवश्यक कागजात राम्ररी हेर्नुपर्छ। मोटरसाइकलको पहिचान हुनेगरी आधिकारिक कागजात हो, होइन हेर्ने। त्यसका लागि ब्लुबुकमा भएको र मोटरसाइकलको च्यासिस नम्बर चेक गर्ने। त्यस्तै सवारी साधन कर, विमा वा नविकरण शुल्क तिरेको छ, छैन पनि हेर्ने।

 ८. अन्यः
सेकेण्ड ह्याण्ड मोटरसाइकल अरुपनि किन्दा थुप्रै कुरामा विचार पुर्याउनु पर्ने हुन्छ। मोटरसाइकलको बाहिरी आवरण, कति किलोमिटर कुदेको छ, माइलेज, ब्रेकको अवस्था, हेडलाइट, साइड लाइट, ब्याक लाइटका साथै टायर, सक, एयर फिल्टर, डिस्प्ले, लुकिङ ग्लास, ब्याट्रिको अवस्था हेर्नुपर्छ ।


पुष्प दुलाल