विदेशी लगानीकर्तालाई चन्द्र ढकालले भने- नेपालमा स्थीर सरकार बन्यो, लगानी गर्न आउनोस्



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण बनेको भन्दै नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रलाई बिहीबार सम्बोधन गर्दै ढकालले नेपालमा विभिन् नयाँ क्षेत्रमा लगानीको ठूलो अबसर भएको ढकालले जानकारी गराए ।

‘लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको छ, नयाँ र कैयौँ सम्भावनाहरु छन्, तपाईंहरु लगानी गर्न आउनोस्,’ उपाध्यक्ष ढकालले आग्रह गरे ।

नेपाल रोजगारदाता परिषदको अध्यक्ष समेत रहेका ढकालले नेपाली उद्योगीका हैसियतमा सम्बोधन गर्दै नेपालले श्रम सम्बन्धी कानुनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारहरुको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने जानकारी दिए ।

श्रमिकहरुको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानुनमा गरिएको पछिल्लो यस सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकहरुका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पु¥याउने अपेक्षा नेपालका उद्यामीहरुले गरेको ढकालले बताए ।

औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीका प्रवद्र्धन र नयाँ-नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसरहरु सिर्जना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि ढकालले बताए ।

आर्थिक बृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्नबर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिए ।

यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने ढकालको भनाइ थियो ।

कुनै पनि देशमा र नेपालमा पनि श्रमिक र उनीहरुका संघ संगठनहरुको क्षमता अभिबृद्धि एक महत्वपूर्ण कार्य भएको उनको भनाइ छ ।

औद्योगिक विकास, उत्पादकत्व बृद्धि, श्रमिकको हकअधिकारको संरक्षण र रोजगारीको सिर्जनामा यसले सहयोग पुर्याउने भन्दै यस्तो क्षमता अभिबृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको पनि उनले बताए ।

कार्यक्रममा आइएलओका सदस्य रहेका विश्वका १८०भन्दा बढी देशका सरकार तथा राज्यप्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा र प्रतिनिधि तथा श्रमिक र श्रमिक नेताहरु गरी ४ हजारभन्दा बढी सहभागी थिए ।

जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रयही मे २८ देखि जुन ८ सम्मउक्त सत्र सञ्चालन हुनेछ ।


पुष्प दुलाल