ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता
काठमाडौं । ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा ज्योति विकास बैंकका संचालन विभाग प्रमुख बलदेव थापा र सानिमा बैंकका तर्फबाट प्रवन्धक सरोज गुरागाईँले हस्ताक्षर गरे ।
सम्झौता अनुसार ज्योति विकास बैंकले संचालन गरेको ज्योति रेमिट सानिमा बैंकका शाखाबाट भुक्तानी लिन सकिन्छ ।