नेप्से परिसूचक १४.६१ अंकले घट्यो, ३४ करोडको कारोबार



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको बजेट भाषण पछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार घट्ने क्रममा रहेको छ ।

बजेटमा सेयर बजारको दायरा बढाउने कुरा उल्लेख छ । अर्कोे तर्फ करको दर भने बढाइएको छ । ५ प्रतिशत लाग्दै आएको पुँजीगत लाभकरलाई साढे ७ प्रतिशत पुर्याइएको छ ।

नयाँ कार्यक्रम नभएको हुँदा सेयर कारोबारमा उत्साह नदेखिएको हो ।
बिहीबार नेप्से परिसूचक १५.६१ अंकले घटेको छ । नेप्से १.१० प्रतिशतले घट्दा १३०७.६६ विन्दुमा पुगेको हो ।

नेप्सेमा आज १ सय ६५ कम्पनीका ७ लाख ८ हजार १ सय ४७ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ४३ करोड ५९ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ समूह १२.३४, माईक्रोफाइनान्स समूह १७.५७, विकाश बैंक समूह १२.४७, होटल समूह २२.३१, जलविद्युत समूह १७.३६, वित्तिय समूह ०.३, बीमा समूह ११५.७२, उत्पादन मूलक समूह २५.२ र अन्य समूह ४.६१ अंकले घटेका हुन् ।

ट्रेडिङ समूह भने २.९६ अंकले बढेको छ ।
सूर्यदय लघुवित्त वित्तिय संस्थानका लगानीकर्ताले २.०६ प्रतिशतले कमाइ गरेका छन् । मेगा बैंकका लगानीकर्ताले ९.६४ प्रतिशतले गुमाएका हुन् ।


क्लिकमान्डु