निजीकरण गर्नेलाई कारवाही गर्नुपर्यो :प्रेम सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले निजीकरण गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।

बजेटमा टिप्पणी गर्दै नेता सुवावले नेपालमा निजीकरण गर्ने सबैलाई कारवाही गर्न माग गरे ।

‘निजीकरणको टिप्पणी उठाउने र गर्ने सबैलाई कारवाही गर्नुपर्यो,निजीकरण गरेका संस्थाहरु चलेनन्’,सुवालले भने ।

उनले ४८० मेगावाट विजुली भारतबाट आयात गरेर लोडसेडिङ मुक्त गरिएको भन्दै त्यसलाई राम्रो मान्न नसकिने बताए ।


क्लिकमान्डु