नेपाली सेनासँग फास्टट्रायक बनाउने क्षमता छैन : हृदयष त्रिपाठी



काठमाडौं । सुर्य चुनाव चिन्न लिएर प्रतिनिधिसभाको चुनाव जितेका मधेश केन्द्रित नेता हृदयष त्रिपाठीले नेपाली सेनाले फास्टट्रायक नबनाउने बताएका छन् ।

बजेटमा छलफलमा प्रतिनिधिसभामा पूर्व भौतिक योजना तथा निर्माणमन्त्री समेत रहेको त्रिपाठीले सेनासँग फास्टट्रायक बनाउने क्षमता नभएको बताए ।
नेपाली सेनालाई फास्ट ट्रायक बनाउने जिम्मा दिने निर्ण प्रचण्ड सरकारको पालमा भएको थियो । त्यो सरकारमा कांग्रेसपनि सहभागी थियो ।

‘त्यो बेला सरकारले के आधारले फास्टट्रायकको जिम्मा सेनालाई दियो,बारुद पड्याएर सामान्य ट्रायक खोलेजस्तो गरी फास्टट्रायक बन्दैन।’त्रिपाठीले भने ।

काठमाडौंदेखि निजगढसम्मको फास्टट्रायकको ट्रायक सेनाले नै खोलेको थियो ।

त्रिपाठीले निर्वाचन क्षेत्र विकास कार्यक्रममा छुट्याएको रकमलाई तेस्रो लिंगीसँग तुलना गर्दै प्रयाप्त बजेट विनियोजन नभएको भन्दै थोरै रकमलाई फिर्ता लिन भने ।

उनले निर्वाचन क्षेत्र विकास कार्यक्रमको विरोध विदेशबाट पैसा ल्याउने आइएनजिओले गर्ने गरेको बताए ।

उनले बैंकमा ऋणको ब्याजदर बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रणमा लिन राष्ट्र बैंक मार्फत पहल गर्न आग्रह गरे ।


क्लिकमान्डु