साना किसानको होइन, २०४८ सालमा खोलिएको साझा सहकारीको ऋण मिनाह
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले ल्ःयाएको बजेटमा साना किसान सहकारीबाट लिएको ऋण मिनाहको घोषणा भएको छ ।
धेरेले साना किसान सहकारीबाट ऋण मिनाह भएको भनेर बुझेका छन् । तर,साना किसान बैंकका प्रवन्धक झलेन्द्र भट्टराईले साना किसान सहकारीको ऋण मिनाह नभएको र २०४८ सालमा अघि साझा सहकारीबाट लिएको मात्र ऋण मिनाह भएको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा उनले उनले साझा सहकारी भनेका बि।स। २०४८ साल भन्दा अघि श्री ५ को सरकारले खोलेका सहकारी हुन, जो प्रायस् बन्द भैसकेका छन, तर केहीमा ऋण भने बाकी नै छ । यस्ता मृतप्रायस् संस्थाहरुको ज्यादै पुरानो ऋणलाई हिसाबबाट हटाउन मिनाहा गर्न आवश्यक रहेको बताए ।