सेयर लगानीकर्तालाई करमा कडाई, ब्रोक्रर कमिसनमा भ्याट नलाग्ने
काठमाडौं । सरकारले सेयर कारोबारमा लाग्ने करमा थप कडाई गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको बजेटमा पुँजीगत लाभकर व्यक्तिगत तर्फ ५ प्रतिशतबाट साढे ७ प्रतिशत पुर्याइएको छ ।
संस्थागत तर्फबाट १० प्रतिशत कर लाग्ने बजेटमा उल्लेख छ ।
सेयर लगानीकर्ताले उठाउदै आएको ब्रोक्रर कमिसनमा भ्याट लाग्ने विषय भने बजेट हटाएको छ ।
महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष ब्रोक्रर कमिसनमा भ्याट लिन भन्दै आएको छ ।
लगानीकर्ता यसमा जहिले पनि त्रासमा हुन्थे ।
तर,पुँजीगत लाभकरमा भने दर बढाउदा लगानीकर्ताले गर्ने नाफा भने घट्ने भएको हो ।