प्रधानमन्त्री र अर्थमन्त्रीको प्रदेशलाई सबैभन्दा बढी बजेट, तपाइको स्थानीय तहले कति पायो ? (सूचीसहित)




काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको लागि सबैभन्दा बढी बजेट १ नम्बर प्रदेशलाई दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको पूख्यौंली घर रहेको सो प्रदेशलाई सरकारले सबैभन्दा बढी बजेट छुट्टयाएको छ ।

प्रदेश नम्बर १ ले १९ अर्ब ८८ करोड ७० लाख रुपैयाँ पाएको छ । सबैभन्दा कम बजेट प्रदेश नम्बर ४ ले पाएको छ । प्रदेश नम्बर ४ ले १३ अर्ब २७ करोड ८६ लाख रुपैयाँ पाएको छ ।

यस्तै प्रदेशन नम्बर २ ले १६ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बजेट पाएको छ । प्रदेश नम्बर ३ को भागमा १६ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ परेको छ ।

प्रदेश नम्बर ५ लाई केन्द्र सरकारले १६ अर्ब ५४ करोड रुपैयाँ बजेट दिएको छ । कर्णाली प्रदेशले १६ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बजेट पाएको छ । यस्तै प्रदेशन नम्बर ७ ले १४ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट पाएको छ ।

प्रदेश सरकारको लागि केन्द्र सरकारले १ खर्ब १३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बजेट दिएको हो ।

यस्तै स्थानीय तहलाई सरकारले १ खर्ब ९५ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बजेट दिएको छ ।

कुन स्थानीय तहले कति बजेट पाए भनेर यहाँ क्लिक गरी हेर्न सक्नुहुनेछ ।


क्लिकमान्डु