बजेटमा बाबुरामको टिप्पणीः ‘माछा माछा, भ्यागुत्ता’ जस्तो




काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेट माछा माछा, भ्यागुत्ता जस्तो भएको टिप्पणी गरेका छन् ।

‘बजेट सुन्दै जाँदा ‘माछा माछा, भ्यागुता’ जस्तो पो अनुभूति भयो,’ भट्टराईले आफ्नो ट्वीटरमा लेखेका छन् ।

बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आएको उनको आरोपछ ।

‘जबकि आवस्यकता समृद्धिको युगतर्फ फड्को हान्ने संरचनात्मक परिवर्तनको थियो, त्यो न राजस्व, न भित्री र बाहिरी लगानी, न क्षेत्रगत विनियोजन, न प्रदेश र तल हस्तान्तरणमा कतै देखिएन,’ उनले भने ।


पुष्प दुलाल