चुनाबी घोषणापत्रमा ५ हजार पुर्याउने घोषणा गरेको कम्युनिष्ट सरकारले वृद्धभत्ता बढाएन



काठमाडौं । कम्युनिष्ट सरकारले पहिलोपटक वृद्धभत्ता बढाएन । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजानिक गर्दै वृद्धभत्ता नबढाइएको जानकारी दिए ।

अहिले ६५ वर्ष नाघेका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् ।

चुनाबका बेला बाम गठबन्धनले वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख गरेको थियो ।

अर्थमन्त्रीले बजेटमार्फत ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको स्वास्य बीमा गर्ने घोषणा गरेका छन् । सो बीमा गर्दा लाग्ने बीमा शुल्क सरकारले नै तिरिदिने अर्थमन्त्रीले बताएका हुन् ।


पुष्प दुलाल