बजेटको अघिल्लो दिन नेप्से परिसूचक ३६ अंकले बढ्यो
काठमाडौं । सोमबार सेयर कारोबार खुल्नासाथ नेप्से परिसूचक घटेको थियो ।
राजनीतिक बृत्तमा नेपाल कम्युनिष्ट पार्टी र संघिय समाजवादी फोरमबीच दुई बुँदे सहमति भयो ।
सहमतिपछि संघिय समाजवादी फोरम सरकारमा जाने र कम्युनिष्ट पार्टी संविधान संसोधनका लागि तयार भयो ।
सहमतिको समाचार बाहिर आएपछि सेयर बजारमा हरियाली छाउन थाल्यो । बजेट पेश गर्ने अघिल्लो दिन नेप्से परिसूचक करिब ३६ अंकले बढेको छ ।
पछिल्ला केही दिन सेयर बजारमा निरन्तर घटिरहेको थियो । लगानीकर्ताले बजेट कुरेको अवस्था थियो । बजेटमा लगानीकर्ताले अपेक्षा गरेको विषय सम्बोधन हुने आश लगानीकर्ताको छ ।
बैंकको ब्याजदर,सेयरको पूर्ण रुपमा अनलाइन कारोबार हुने लगायतका अपेक्षा लगानीकर्ताको छ । यसबाहेक बजेटले विकासको लागि महत्वपूर्ण केही घोषणा गर्ने अपेक्षा लगानीकर्ताको छ ।
नेप्सेमा आज १६८ कम्पनीको ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।