नेकपा र फोरमबीचको दुई बुँदे सहमतिको कमाल,सेयर बजारमा छलाङ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघिय समाजवादी फोरमबीच सहमति भएपछि सेयर बजार एकाएक बढेको छ ।
बजार खुल्नासाथ ओरालो लागेको नेप्से परिसूचक दुईदलबीच संविधान संसोधन गर्ने र फोरम सरकारमा सहभागी हुने कुरा बाहिर आएपछि बजार उकालो लागेको हो ।
नेप्से परिसूचक १३.३ अंकले बढेको छ ।
सेयर बजारमा राजनीतिको असर जहिले पनि पर्ने गर्छ ।