नक्कली डलर कारोबार गरी १८ लाख रुपैयाँ ठग्न खोज्नेलाई प्रहरीले पक्रियो



बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकन डलर सटही गर्न खोजेको भन्ने विशेष सुराकीको आधारमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ का २३ वर्षीय विनोद तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

डलर भनेर नक्कली डलर २५ हजार देखाई नेपाली रु १८ लाख बराबरको रकम सटही गर्न सम्झौता गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । सो क्रममा ५ राउण्ड हवाई फायरसमेत गरिएको प्रहरीले जनाएको छ । उनको साथमा बा७२प ३०९६ नं को मोटरसाईकलसमेत बरामद गरिएको छ । रासस


पुष्प दुलाल