जनता आवास कार्यक्रम अन्तर्गत गरिबलाई सरकारले बनाइदियो करिब ४ हजार घर



काठमाडौं । आर्थिक वर्ष ०७४/७५ जनता आवास कार्यक्रम मार्फत सरकारले ३ हजार ८ सय ६१ इकाइ निर्माण गरेको जनाएको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण कार्यक्रममा ८ महिनाको अवधीमा २१ हजार ४ सय २२ क्रमागत रहेका आवास इकाइमा ३ हजार ८ सय ६१ वटा इकाइ निर्माण भएको उल्लेख छ ।

२ हजार ६ सय ९० आवास इकाईको छाना तथा झ्याल ढोका निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै ३ हनार २ सय ५० आवास इकाईको गारो लगाउने कार्य सम्पन्न भएको छ । २ हजार ६ सय ९८ आवास इकाईको डि.पि.सि. (ड्याम्प प्रूफ कोर्स) लेभलसम्म निर्माण कार्य सम्पन्न भएको मन्त्रालयको भनाई छ ।

साथै १ हजार २ सय ५५ आवास इकाईको जग खन्ने कार्य सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षको आवास कार्यक्रम सञ्चालन हुने काठमाडौं उपत्यका बाहेकका ७४ जिल्लाका २५ हजार ७ सय ७५ नयाँ आवास इकाई मध्ये ५६ जिल्लाको कार्यक्रम लागू हुने गाउँपालिका र नगरपालिका छनौट भएका छन् ।

२५ आवास इकाईको छाना तथा झ्याल ढोकाको निर्माण कार्य सम्पन्न भएको छ भने ४१ आवास इकाईको गारोको कार्य र ३ सय १५ आवास इकाईको डिपिसि लेभलसम्म कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष ०७४/७५ को प्रथम ८ महिनामा विराटनडगरमा ४४ किलोमिटर ढल मध्ये ४१ किलोमिटर बीरगञ्जमा, ४६ किलोमिटर ढलमध्ये ४२ किलोमिटर निर्माण भएको छ ।

सतही ढल निर्माण÷सुधार अन्तर्गत जनकपुरमा १५ किलोमिटर आरसिसि पाइप लेइङको कार्य सम्पन्न भएको छ । सिद्धार्थनगरमा ४३.५ किलोमिटर ढल निर्माण भएको र नेपालगञ्जमा ६० किलोमिटर सतही ढल निर्माण तथा सुधार कार्य समेत गरी कुल २ सय १ किलोमिटर ढल तथा डे«न निर्माण सम्पन्न भएको आर्थिक् सर्वेक्षणमा उल्लेख छ ।


क्लिकमान्डु