एभरेष्ट बैंकको २ नयाँ शाखा सञ्चालनमा



काठमाडौं । एभरेष्ट बैंकले बैंकिङ सेवा सबै क्षेत्रमा पुर्याउने उद्देश्यका साथ २ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

बिदुर नगर पालिकाका मेयर सन्जु पन्डित र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा बट्टार शाखाको उद्घाटन गरेका थिए ।

यस्तै दुप्चेश्वर शाखाको उद्घाटन दुप्चेश्वर गाउँँपालिकाका अध्यक्ष योबिन्द्र सिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृत सेठले गरेका हुन् ।


क्लिकमान्डु