चल्ला त चक्रपथमा मोनो रेल ? सम्भाव्यता अध्ययन गर्ने जिम्मा चाइना रेल वे २५ व्युरोलाई



काठमाडौं । काठमाडौं र ललितपुर महानगर घेरेको चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीलाई जिम्मा दिइएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रवन्धक लि होङ्गकीले अध्ययन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।

महानगरले मोनोरेल सञ्चालन सम्बन्धि प्रकाशन गरेको आशय पत्रमा रेल वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुख स्तरीय निर्णयबाट रेल वे कम्पनीसँग सम्झौता गरिएको हो ।

यस सम्झौता अनुसार — रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु शिफारिस गर्नेछ ।

सम्झौता समारोहमा बोल्दै, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोेरेल सञ्चालन गर्ने प्रतिवद्धता दोहोर्याए । मोनो रेल चलाउँछौं भनेकै एक बर्ष भइसक्यो । विधि मिलेपछि काम गर्ने बाटो खुल्छ । काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं, मेयर शाक्यको भनाइ थियो ।

सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौंको सहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रवन्धक, होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको जनाए । सम्झौताअनुसार, पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश हुनेछ ।


क्लिकमान्डु