प्रभु बैंकको साधारणसभा, बैंकमा अबदेखि महिला संचालक अनिवार्य हुने



काठमाडौं । प्रभु बैंकको साधारणसभा सम्पन्न भएको छ ।

बैंकको १६ औ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३/७४ को वासलात तथा नाफा नोक्सान हिसाब लगायत विवरण पारित गरेको छ ।

बैंकको १६औं वार्षिक साधारण सभामाछलफल तथानिर्णयार्थ प्रस्तुतसामान्यतथाविशेष प्रस्तावहरु पारित गर्दै बैंकले डिवेञ्चर तथा वण्ड जारी गर्न सक्ने, सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरु निष्कासन हुँदाका बखत लगानतीकर्ताबाट दरखास्त संकलनगर्ने, कम्तिमा १ जनामहिला सञ्चालक रहने व्यवस्थामिलाउनकालागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनगर्ने निर्णय गरेको छ ।

अन्य बैंक तथावित्तीय संस्थाएक्विजिशन (प्राप्ति) तथाखरिद सम्बन्धीप्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्वतथाकारोबारको मुल्याँकन गर्न मान्यता प्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्रतर्जुमा गरी सो सम्बन्धीप्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

सञ्चालक समितिको निर्णय बमोजिम रिक्त सञ्चालक पदमा नियुक्त भएका संचालकहरु शंकर प्रसाद कालिकोटा र अन्जु अधिकारीको नियुक्तीलाई अनुमोदन गरेको छ ।


क्लिकमान्डु