ग्लोबल आइएमई बैंकद्धारा कम्प्यूटर सहयोग ।



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५/५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

डडेलधुरा जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले मिति बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा तथा डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले संयुक्त रुपमा भुवनेश्वर माध्यमिक विद्यालय र घटाल माध्यमिक विद्यालय ५/५ थान कम्प्युटर प्रदान गरेको हो ।

शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यका साथ बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।


क्लिकमान्डु