उर्जामन्त्री–अमेरिकी राजदूत भेटः प्रशारण लाइन निर्माणबारे छलफल



काठमाडौं–उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चांसोका विषयमा छलफल भएको छ ।

मन्त्री पुनसंगको भेटमा अमेरिकी राजदूतले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका ईच्छुक रहेको बताइन् ।

मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसिसी नेपाल कमप्याक्टमार्फत नेपालको विकास र उर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

भेटमा एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी थिए ।

मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित एमसिसीसंग सम्बन्धित कार्यक्रम समयभित्र पुरा गर्ने तयारी उर्जामन्त्रालयले गरेको बताए ।

उनले त्यसका लागी सरकारको तर्फबाट कुनै समस्या नपर्ने धारणा समेत राखे ।

‘एमसिसी नेपाल कम्प्याक्ट महत्कांक्षी कार्यक्रम हो,यो भन्दा बढी महत्वंकाक्षी बुटवल–अत्तरिया प्रशारण लाइन बनाउने मन्त्रालयको योजना छ, त्यसैले हाम्रो तर्फबाट एमसीसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न तयार छौ ।’ मन्त्री पुनले भने ।

उनले एमसीसीलाई नमुना परियोजनाको रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको जानकारी समेत दिए ।

नेपालमा राजनीतिक संक्रमणको चरण पार भइसकेको भन्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीको लागी वातावरण बनाईदिन आग्रह गरे ।

मन्त्री पुनले एमसीसी परियोजना सुरु भएको पाँच वर्षभित्र निर्माण भइसक्नुपर्ने प्रावधानबारे आफु जानकार रहेको भन्दै पुर्व तयारीको काम पनि समयभित्र पुरा गर्न मन्त्रालयको तर्फबाट कुनै समस्या नहुने बताए ।

एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्सले एमसीसी वैदेशिक लगानीको सुचकका रुपमा भएको बताए ।

उनले यसलाई संसदबाट अनुमोदन गर्न सके त्यसले परियोजना कार्यान्वयनमा सजिलो हुने धारणा समेत राखे ।

‘पाँच वर्षभित्र यो परियोजना पुरा हुनैपर्ने हाम्रो नियम छ,त्यसका लागी तयारीको चरण अझै केही समय बाकी रहेकाले त्यो अवधीभित्र सबै तयारी पुरा भयो भने परियोजना निर्माणमा सहयोग पुग्छ ।’ उनले भने ।

एमसिसी नेपाल कमप्याक्ट परियोजनअन्र्तगत अमेरिकाले नेपालको उर्जा र सडक निर्माणमा ५० अर्ब बरावरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।


क्लिकमान्डु