नेप्से परिसूचक १० अंकले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १० अंकले ओरालो लागेको छ ।

नेप्से १६२ कम्पनीको ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
१३१८ अंकमा नेप्से परिसूचक आएको छ ।

नेप्सेमा आज व्यापार र लघुवित्त बाहेक सबै समुहका परिसूचक ओरालो लागेका छन् ।

बजेट आउने दिन नजिक आउदै जाँदा सेयर बजार भने घट्दै गएको हो । खासगरी लगानीकर्ताले बजेटलाई कुरेको हुँदा त्यसपछि सेयर बजारले नयाँ गति लिन सक्ने अनुमान गरिउको छ ।


क्लिकमान्डु