अब सरकारले नै तपाईंको घरमा टाँसिदिन्छ ‘प्रहरीको टेलिफोन नम्बर’



विराटनगर । प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँस गर्ने भएको छ ।

जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको सबै जिल्लामा स्टिकर टाँस गर्ने कार्य शुभारम्भ हुने मन्त्रालयका अधिकृत मुरारीप्रसाद घिमिरेले बताए ।

जनतासँग प्रहरी कार्यक्रमलाई सार्थक बनाउने उद्देश्यले आमजनताको घरदैलोमा प्रहरीको टेलिफोन नम्बरसहित सूचनामूलक स्टिर प्रदेशका ११ लाख १४ हजार घरधुरीमा टाँसिने कार्यक्रम रहेको बताइएको छ ।

यसबाट आमनागरिकलाई घटनाको सूचना आदानप्रदान गर्न र समाजमा सुरक्षाको स्थितिलाई बलियो बनाउन पनि मद्दत पुग्ने विश्वास लिइएको छ । रासस


पुष्प दुलाल