महालक्ष्मी विकास बैंकको सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रम संचालन गरेको छ ।

बैंकको बाँसगढी शाखाले, बाँसगढी नगरपालिका वडा नं ०२ राझाँ, बर्दियास्थित श्री नव दुर्गा तरकारी तथा बिउ उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी बाँसगढी शाखाका प्रबन्धक दिपेन्द्र बोहराले गराएका थिए ।

यस्तै बैंकको मंगलसेन शाखाले श्री मंगला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका आर्थिक स्थिति कमजोर भएका र अध्ययनशील पाँच विद्यार्थीहरुलाई कुल रकम २५ हजार बेलौरी शाखा कल्याण माध्यमिक विद्यालय बेलौरी न.पा. ७ पौलाहा कञ्चनपुरका कक्षा ५,६,७,८ र ९ का विद्यार्थीहरु १० जनालाई कूल रकम रु. २५ हजार र बसुन्धारा शाखाले तिलिङ्गाटार उच्च माध्यमिक विद्यालय, धापासीका दुई विद्यार्थीहरुलाई कुल रकम २५ हजार वितरण गरेको छ ।


क्लिकमान्डु