साढे ३३ किलो सुन तस्करी काण्डः २८ जना थुनामा



विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोपमा २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोप लागेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि आज थुनामा राख्न आदेश दिएको हो ।

यसैगरी अदालतले एक जनालाई तारेखमा र अर्का एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

तारेखमा रिहा हुनेमा प्रहरी जवान अमर थापा छन् भने हवल्दार विष्णु खड्कालाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । रासस


पुष्प दुलाल