तपाईं कुन पानी पिउनुहुन्छ ? यी १७ ब्राण्डका पानी दूषित भेटिए नि !



काठमाडौं । मानव जिबनका लागि पानी अत्यावश्यक तत्व हो । तपाई/हामी दैनिक पानी पिउँछौं । तर व्यापारिक जमानामा पैसाको लोभमा व्यापारीहरुले प्रदूषित पानी बिक्री वितरण गरि तपाई/हाम्रो स्वास्थ्यमाथि गंभीर खेलबाड गरिरहेका हुन्छन् ।

तपाईंले दैनिक प्रयोग गर्ने जार तथा बोतलका पानी न्यून गूणस्तर र दूषित छन् । तपाईले थाहा छ, कुन कुन ब्राण्डका पानी दूषित छन् ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा १७ ब्राण्डका पानी दूषित र कम गुणस्तरका भेटिएका छन्
प्रशोधित जार वा बोतलको पानी बजारमा पठाउनु अधि गुणस्तर परीक्षण नगरेको र परिक्षणको प्रतिवेदन नकुर्दा उपभोक्ताहरु दूषित पानी पिउन बाध्य भइरहेका छन् ।

विभागका अनुसार १७ मध्ये १० ब्राण्डका पिउने पानी न्यून गुणस्तर र ७ ब्राण्डका पानी दूषित पाइएको छ । जलप्योर ड्रिकिङ वाटर, स्तुपा इण्डष्ट्रिज, प्रसिद्ध वाटर इण्डष्ट्रिज, जि एस वाटर उद्योग, पशुपति स्प्रिंग वाटर, स्प्रिङ, यति वेभरेज, रारा ड्रिङकिङ वाटर, जय हनुमान ड्रिङकिङ, ग्लासिएर फूड एण्ड वेभरेज इन्डस्ट्रीज, हिमालय वेभरेज, पशुपति स्प्रिंग वाटर उद्योगद्धारा प्रशोधित पानी न्यून गूणस्तरको पाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले क्लिकमाण्डूलाई जानकारी दिए ।

यी पानीहरुमा पिएच, मेसोफिलिक काउन्ट बढी भेटिएको प्रवक्ता वस्तीले बताए ।

पिउने पानीमा पीएचको मात्रा ६.५ देखि ८ सम्म हुनु पर्नेमा त्यसभन्दा माथि पाइएको हो । पानीमा मेसोफिलिक काउन्ट २५ प्रतिशत एमएलमा नबढेको पर्छ ।

यस्तै नेचुरल ड्रिकिङ वाटर, काक्रेविहार वाटर एण्ड फूड, मध्यपश्चिम वाटर एण्ड वेभरेज, देउती दर्शन वाटर एण्ड वेभरेजलगायतका ब्राण्डका पानी दूषित भेटिएको वस्तीले जानकारी दिए । यी खाने पानीमा बाहिरी पदार्थ पाइएको हो ।

विभागमा गत आर्थिक वर्ष ०७४ सालमा १ सय १३ वटा मुद्दा दायर भएका छन् । गत वर्षको चैत्र महिनासम्ममा पानी, मिठाई, दुध, घिउ, चामल लगायत ११३ मुद्दा दायर भएको उनले जानकारी दिए ।


पुष्प दुलाल