बोटलर्स नेपालको संचालकमा सुदिप बोजरिया



काठमाडौं । बोटलर्स नेपालले कम्पनीको संचालक परिवर्तन गरेको छ । कम्पनीको संचालकमा सन्दीप बोजरियालाई नियुक्त गरिएको हो ।

कम्पनीले वैशाख १ गते बोजरियालाई निर्देशकमा नियुक्त गरेको हो । कम्पनीले देवरत्त मुखर्जीको स्थानमा बोजरियालाई निर्देशकमा नियुक्त गरेको हो ।

बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले एकैब्यक्तिलाई संचालकमा नियुक्त गर्दै एकै ब्यक्तिलाई हटाएको हो । तराई र बालाजु गरी दुई कम्पनी दर्ता भएपनि दुबै कम्पनीले कोकाकोला, फेन्टा, स्प्राइट लगायत सफ्ट ड्रिंक उत्पादन गर्छ ।

 

 


क्लिकमान्डु