
काठमाडौं । ग्लोबल आइएमई बैंकले आज (सोमबार) एकै दिन ७ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
बैंकले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं. ७, तारापट्टि, बारा जिल्लाको फेटा नगरपालिका वडा नंं. ७, फेटा बजार, रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका वडा नं. ८, बिजयपुर, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ५, पातो, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. ३, भद्रपुर, डोटी जिल्लाको पूर्वीचौकी गाँउपालिका वडा नं. ४, साना गाँउ र बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ३, खोचलेक सहित ७ वटा नयाँ शाखाहरु स्थापना गरि संचालनमा ल्याएको हो ।
थप ७ स्थानमा शाखा कार्यालय संचालनमा ल्याएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १२९ पुगेको छ । साथै बैंकले आजैदेखि नै ललितपुर जिल्लाको मंगलबजारमा एटिएम सेवा समेत सञ्चालन गरेको छ । मंगलबजारमा एटिएम सेवा थप गरेसंगै बैंकको एटिएम संख्या १३१ पुगेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८० शाखा रहित बैंकिङ्ग सेवा माफर्त ८ लाख ५० हजार बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।






प्रतिक्रिया