औद्योगिक क्षेत्रको लोडसेडिङ हटेकै दिन हावाहुरीले पोल ढाल्यो




काठमाडौं । औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।

चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार आइतबार रातीदेखि औद्योगिक क्षेत्रको लोडसेडिङ समेत अन्त्य गरेको थियो ।

तर लोडसेडिङ अन्तय भएकै दिन तराईका एक दर्जन बढी स्थानमा हावा हुरीका कारण समस्या पैदा भएको छ ।

बिद्युत सेवाको गुणस्तरीयता र भरपर्दो बनाउनु चुनौती रहेको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार आइतबार राती देशका विभिन्न भागमा हुरीबतासका कारण बिद्युत सेवा अबरुद्ध भएका खबर प्राप्त भएको छ ।

पूरा तराइ क्षेत्रमा नै यसका कारण मुश्किलले अहिले मात्र १०० मेगावाट मात्रै विद्युत्को लोड रहेको छ ।

लोड कम भएका कारण बिद्युत आयोजनाहरुमा पानी खेर गएको छ । ठाउँ ठाउँमा लोड कम भएका कारण भोल्टेज उच्च हुन पुगेको छ । अधिकांश सबस्टेसनमा न्यून मात्रैमा लोड रहेको छ ।

सुदूरपश्चिमको महेन्द्रनगरबाट शुरु भएको वितरण प्रणालीमा आएको समस्या कोहलपुर हुँदै पूर्वमा दुहबी, अनारमणीसम्म पुगेको छ ।

बुटवल कालिगण्डकी प्रसारण लाइन बाहेक १३२ केभी र ६६ केभी प्रसारण लाइन तर्फ भने प्राबिधिक गडबडी छैन ।

हुरीबतासले बिगारेको बिद्युत प्रणाली मर्मत सम्भारर सुधार गर्न सर्बत्र प्राबिधिक टिम परिचालित भैसकेको प्राधिकरणले जनाएको छ ।

सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए ।

‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको बृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरीलोडसेडिङ अन्त्य गरेका हौं, उनले भने ‘अब मुलुकपूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’

अहिले औद्योगिक ग्राहकको माग तीन ३०० मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिए ।

प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणकारुपमा काठडमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो ।

प्राधिकरणका प्रवक्ता अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवै विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।

कम विद्युत् खपत गर्ने उपकरण चलाउन आग्रह
बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले अनुरोध गरेको छ ।

यस्तै अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता) उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझै सहयोग गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।


क्लिकमान्डु