साढे ६ अंकले घट्यो नेप्से, ३४ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ । बिहीबार नेप्से ०.४८ प्रतिशतले घट्दा १३४९.६० अंकमा अडेको हो ।

नेप्सेका अनुसार आज १६१ कम्पनीका ७ लाख ४८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ३४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताको अन्तिम दिन नेप्सेका सबै उपसमूह घटेर राता भएका छन् ।

बैंकिङ समूह २.६९, ट्रेडिङ समूह ५.८३, होटल समूह ३१.२५, विकास बैंक समूह ३.५७, जलविद्युत समूह २६.७६, वित्तीय समूह २.४२, बीमा समूह ६३.५२, अन्य समूह ४.२८ र माइक्रोफाइनान्स समूह ११.८२ अंकले घटेका छन् ।

समता माइक्रोफाइनान्स वित्तीय संस्था, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लागनीकर्ताले ५ प्रतिशत भन्दा धेरैले कमाएका छन् ।

विशाल बजार कम्पनी ३.८७ प्रतिशत र मिथिला लघुवित्त विकास बैंकका लागनीकर्ताले ३.८६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु