महालक्ष्मी विकास बैंकले ९ प्रतिशत लाभांश दिने



काठमाडौं । महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको शुक्रबार बसेको १६ औं बार्षिक साधारण सभाले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाबाट संचालक राजेश उपाध्याय अध्यक्षमा पूनःनिर्विरोध निर्वाचित भएका हुन् । उनलाई राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

बैंकको साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न राजेश उपाध्याय, संजय गिरी र राजेश कुमार रौनियारलाई र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न राहुल अग्रवाल, श्याम सुन्दर रुङ्गटा र रुपेन्द« पौडेललाई चयन गरेको छ ।


क्लिकमान्डु