जनता बैंकको १०८औं शाखा इलाममा
काठमाडौं । जनता बैंकले इलाम शाखाबाट कारोवार शुरु गरेको छ । बैंकले इलाम नगरपालिका वडा नं. ०७, निकुञ्ज पथको शाखा कारोबार शुरु गरेको हो ।
यस शाखाबाट पनि अन्य शाखाहरुझै आधुनिक बैंकिङ सेवाका साथै रेमिटेन्स सेवा र बैंकासुरेन्स सेवालिन सकिने छ ।
बैंकले १०८ शाखा, ३३ शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।