सांग्रिलाद्धारा जारी कागजात बिद्युुतीय प्रणालीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई छिटो छरितो र आधुुनिक बैकिङ सेवा तथा सुुविधा प्रदान गर्नका लागि विद्युतीय प्रणालीको विकास गरेको छ ।
बैक ब्यालेन्स सर्टिफिकेट जस्ता कागजातहरुको सम्बन्धित संस्था तथा ब्यक्तीहरुले सिधै बिद्युुतीय प्रणालीको माध्यामबाट विकास बैंकको वेवसाइट www.shangrilabank.com मा लगिन गरि जानकारी पाउने सक्नेछन् ।
अनलाईन भ्यालिडेसनबाट बैंकले जारी गरेका कागजातहरुमा रहेको भ्यालीडेसन कोड नम्बरको प्रयोग गरि कागजातहरुको बैद्यताको बारेमा रुजुु गर्न सकिने सिष्टममा ब्यवस्था शुुरु गरेको हो ।
यस प्रकारको विद्युुतीय प्रणालीको प्रयोगबाट सम्बन्धीत ब्यक्ति तथा संस्थाहरुले आफनो कागजातको बैद्यता सम्बन्धीे जानकारी बिना झन्झट सिधै प्राप्त गर्नुुको साथै विश्वासनीय एवं भरपर्दौ समेत हुुने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
बैंकको २ अर्व ४४ करोड रुपैयाँ चुुक्ता पूूंजी छ । बैंकले चालु आर्थिक बर्ष२०७४/७५ को चैत्र मसान्तसम्म १४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलनगरी १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि ३९ करोड ३९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।
बैंकको ३६ वटा शाखा कार्यालय छ ।