एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा कीर्तिपुरमा
काठमाडौं । एनआईसी एशिया बैंक कीर्तिपुर नगरपालिकाको भत्केपाटीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । आइतबार कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।
बैंकले शाखाको प्रतिनिधिको रुपमा गोविन्द अधिकारी नियुक्त गरेको छ ।
बैंकले १९६ शाखा, १९८ एटीएम, ५ वटा एक्स्टेन्सन काउनटर एवं ६ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकको वासलातको आकार १ खर्ब ५७ अर्ब रुपैयाँ छ । बैंकको कुल कर्जा करिब १ खर्ब ९ अर्ब रुपैयाँ र कुल निक्षेप करिब १ खर्ब ३४ अर्ब रुपैयाँ छ ।