८.२१ अंकले घट्यो नेप्से, ४० करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ८.२१ अंकले घटेको छ । नेप्से ०.६ प्रतिशतले घट्दा १३४९.०१ विन्दुमा अडेको हो ।
आइतबार नेप्सेमा १ सय ६१ कम्पनीका सेयर खरिद बिक्री भएका छन् । ९ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ४० करोड ३५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ समूह ११.६, जलविद्युत समूह १.२३, वित्तीय समूह ५.८१, अन्य समूह ८.७ र माइक्रोफाइनान्स समूह ४.०७ अंकले घटेका छन् ।
टे«डिङ समूह ०.७६, होटल समूह ३५.१८, विकास बैंक समूह ४.४३, बीमा समूह २.४१ र उत्पादन मूलक समूह ८.१८ अंकले बढेका छन् ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ अंकले कमाएका छन् ।
वरुण हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ७.७७ प्रतिशतले गुमाएका छन् ।