सेयर बजारमा अस्वभाविक उतारचढाव : डेपुटी गभर्नर शिवाकोटी



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सेयर बजारमा अस्वभाविक उतारचढाव देखिएको बताएका छन् ।

राष्ट्र बैंकको ६३ औ वार्षिक उत्सवको अवसरमा उनले सेयर बजारमा पछिल्लो अवस्थालाई अस्वभाविक उतारचढावको रुपमा टिप्पणी गरेका हुन् ।

सेयर बजार पछिल्लो एक महिनामा तीव्र उतारचढाव देखिएको छ ।

एक महिना अगाडिसम्म २० करोडमा झरेको कारोबार अहिले १ अर्बमा पुगेको छ भने एक महिना अगाडि ओरालो लागेको परिसूचक अहिले बढेको छ ।


क्लिकमान्डु