डेपुटी गभर्नर शिवाकोटी भन्छनः कर्मचारीले अनुसन्धानको फाइल लुकाए



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले राष्ट्र बैंकका कर्मचारीले अनुसन्धानको फाइल लुकाएको खुलासा गरेका छन् ।

नेपाल राष्ट्र बैंकको ६३ औ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले राष्ट्र बैंकको व्यवस्थापनले कर्मचारीको सुविधा बढाएपनि कर्मचारीले अनुसन्धान भएका फाइल लुकाउने गरेको बताएका हुन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विभिन्न खालका अनुसन्धान गरेको छ ।

उनले कर्मचारीले कस्तो खालको अनुसन्धानको फाइल लुकाएको भने खुलाएनन् ।

‘फाइल लुकाउने कर्मचारीलाई कारवाही हुन्छ,अब फाइल लुकाउने काम नर्गुहोस्’,शिवाकोटीले भने ।

राष्ट्र बैंक व्यवस्थापनले कर्मचारीलाई पोशाक भत्ता दिएपनि कर्मचारी भत्ता लिएर त्यो नलगाउने गरेको बताए ।


क्लिकमान्डु