बैशाख लागेपछि बैंकबाट हरायो ४ अर्ब निक्षेप



काठमाडौं । बैशाख लागेपछि वाणिज्य बैंकबाट ५ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

चैत मसान्तसम्ममा वाणिज्य बैंकसँग २२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो ।
बैशाख ७ सम्ममा २२ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप छ । एकसाताभित्रमा बैंकको निक्षेप ४ अर्बले घटेको हो ।

बैशाख ७ सम्ममा स्वदेशी मुद्रामा बैंकसँग २१ खर्ब ८६ अर्ब निक्षेप छ । विदेशी मुद्रामा ७८ अर्ब रुपैयाँ निक्षेप छ ।

चैत मसान्तसम्ममा बैंकसँग स्वदेशी मुद्रामा २१ खर्ब ९० अर्ब रुपैयाँ र विदेशी मुद्रामा ७८ अर्ब निक्षेप थियो । एकसाताको अवधीमा स्वदेशी मुद्राको निक्षेप घटेको हो । विदेशी मुद्रामा भएको निक्षेप यथावत नै छ ।

बैंकहरुले बैंशाख ७ सम्ममा २० खर्ब ३ अर्ब रुपैयाँ कर्जा दिएका छन् । स्वदेशी मुद्रामा जाने कर्जा रकम १९ खर्ब ५८ अर्ब रुपैयाँ छ ।

विदेशी मुद्रामा ४५ अर्ब गएको छ । चैत मसान्तमा पनि १९ खर्ब ५८ अर्ब रुपैयाँ ऋण थियो । बैशाख लागेपछि विदेशी मुद्रामा जाने १ अर्ब रुपैयाँ ऋण बढेको छ ।


क्लिकमान्डु