ग्लोबलले बढायो ३ महिनामै ५० करोड, सनराइजले १ वर्षमा ९ करोड बढायो
काठमाडौं । बैंकहरुले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजानिक गर्न थालेका छन् । सोमबार वित्तीय विवरण सार्वजानिक गर्ने ग्लोबल आइएमइ बैंक र सनराज बैंक दुबैले नाफा बढाएका छन् ।
ग्लोबल बैंकले ३ महिनामै ५० करोड रुपैयाँले नाफा बढाएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ग्लोब बैंकले १ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको छ । गत पुस मसान्तसम्ममा बैंकले ९५ करोड रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्षको चैत मसान्तको भन्दा ग्लोबलको नाफा केही करोडले घटेको देखिएको छ । गत आर्थिक वर्षको चैतमा बैंकले १ करोड ४७ लाख रुपैयाँ कमाएको थियो ।
बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्रीय विवरण अनुसार कूल कर्जामा बैंकको खराब कर्जा १.२९ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा छ । यस अवधिमा बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
सनराइजको नाफा ९ करोडले बढ्यो
एक वर्षको अवधिमा सनराइज बैंकले भने ९ करोड रुपैयाँले नाफा बढाएको छ । गत आर्थिक वर्षको चैत मसान्तमा ८५ करोड कमाएको बैंकले यो आर्थिक वर्षको चैतमा ९४ करोड रुपैयाँ नाफा कमाएको छ ।
कूल कर्जामा सनराइजको खराब कर्जा १.४५ प्रतिशत छ भने प्रतिसेयर आम्दानी १५.५१ रुपैंयाँ छ । बैंकले ६५ अर्ब निक्षेप संकलन गरी ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।