बाहिरी चक्रपथका लागि सतुङ्गल क्षेत्रमा जग्गा एकीकरण गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले बाहिरी चक्रपथ निर्माण गर्न सतुङ्गल क्षेत्रमा जग्गा एकीकरण गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को बैठकले जग्गा एकीकरण गर्नको लागि ६.६ किलोमिटर जग्गा एकीकरण योजना सञ्चालन गर्न उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले अहिले एकसाथ ६ स्थानबाट बाहिरि चक्रपथ निर्माणको कामको सुरुवात गरेको छ ।

जसमा सडकमा पर्ने जग्गा मात्र एकीकरण गरिने छ । कसैलाईपनि विस्थापित नगर्ने योजना सरकारको छ । बाहिरि चक्रपथ बनेपछि जग्गाको मुल्य नै महंगो हुने हुँदा जग्गाधनी अत्याधिक नै फाइदा हुने छ ।


क्लिकमान्डु