अब थाइल्याण्ड जान झन् सस्तो, बैंकक-काठमाडौं रुटमा ३ एयरलाइन्सको सेवा



काठमाडौं । थाइल्यान्डको राजधानी बैंककबाट काठमाडौंका लागि ३ वटा एयरलाइन्सले हवाई सेवा प्रदान गर्ने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाइल्यान्डको थाइलायन एयरलाइन्सलाई बैंकक-काठमाडौं रुटमा उडानका लागि अपरेटिङ अनुमति दिएसँगै सेवा विस्तार भएको हो ।

नयाँ एयरलाइन्सले अनुमति पाएसँगै यो रुटमा राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्स र थाइ एयरवेजसँगै थाइलायन एयरलाइन्सले पनि उडान गर्ने छ ।

बजेट एयरलाइन्स मानिने थाइलायनको आगमनसँग यो रुटमा यात्रुले झन सहज र सस्तो दरमा यात्रा गर्ने पाउने भएका छन् । मन्त्रालयले थाइलायन एयरलाइन्सलाई सातामा अधिकतम सातवटासम्म उडान गर्न पाउने गरी अपरेटिङ अनुमति दिएको छ ।

अपरेटिङ अनुमति पाएको थाइलायनले अब नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले उपलब्ध गराएको उडान तालिक (स्लट) अनुसार आफ्नो नियमति उडान गर्नेछ ।

तर, विमानस्थल कार्यालयले भने नयाँ एयरलाइन्स कम्पनीलाई पिक सयममा उडान तालिका मिलाउने असहज रहेको जनाएको छ ।

विमानस्थलमा रहेको ९ वटा मात्रै जहाज पार्किङ वे कारण जहाज पार्किङमा समस्या छ । जहाज पार्किङ वे अभावकै कारण आधा घन्टादेखि एक घन्टासम्म जहाज आकाशमै होल्ड गर्नु पर्ने अवस्था छ ।

विमानस्थल कार्यालले नयाँ एयरलाइन्सलाई विहान १०ः३० बजेदेखि ३ः३० बजेसम्म र बेलुका ७ बजेृदेखि ११ः३० बजेसम्म उडान तालिकका व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको जनाएको छ ।

यो समयमा विमानस्थल कार्यालयलाई जहाज पार्किङ व्यवस्थापन गर्न देखि यात्रुसेवाका लागि काउन्टर पनि अभाव छ । कार्यालयका अनुसार नयाँ एयरलाइन्स कम्पनीलाई स्टल व्यवस्थापन गरेर उडान गर्ने दिइने जनाएको छ ।

नयाँ एयरलाइन्सले उडान अनुमति पाएसँगै एक मात्रै अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने ३१ वटा एयरलाइन्स कम्पनी भएको जनाएको छ ।


पुष्प दुलाल