आजदेखि अनलाइनबाट सेयर खरिदबिक्री आदेश दिन सकिने



काठमाडौं । आजदेखि सेयर खरिदबिक्रीको आदेश अनलाइन प्रणालीबाट दिन सकिने भएको छ । धितोपत्र बोर्डले चैत ३० गते बोक्ररहरुलाई निर्देशन दिदै खरिदबिक्री अनलाइन प्रणालीबाट लागु गर्न भनेको थियो ।

त्यसको लागि धितोपत्र बोर्डले ब्रोक्ररले प्रयोग गरेको सफट्वेयरबाट सो व्यवस्था मिलाउन भनेको थियो ।

यो व्यवस्था लागु भएपछि सेयर खरिदबिक्रीको आदेशको लागि ब्रोक्ररको अफिसमा जानु पर्दैन ।
धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अनलाइनबाट सेयर खरिदबिक्रीको आदेश दिने व्यवस्था सुरुवात गर्दैछन् ।

सेयर ब्रोक्रर एशोसियनका अध्यक्ष प्रियराज रेग्मीको ब्रोक्रर कार्यालयबाट यसको सुरुवात हुने छ । अरु ब्रोक्ररले यसको काम सुरु गर्ने छन् ।


क्लिकमान्डु